picture from google |
Aug 3, 2012
लेख्ने जमर्को गर्ने सबैलाई धन्यवाद
नेपालमा कृषि विकास र अनुसंधान
कृषि
विकास का तिन महत्वपुर्ण पाटा छन् । कृषि शिक्षा, कृषि अनुसंधान र
कृषि प्रसार । विकसित देशमा यी तिन वटै निकाय एउटै
छाना मुनि हुन्छन् । तर हाम्रो देशमा यी तीनवटा निकाय तिन तिर फर्केका छन् । कृषि
अनुसंधान र कृषि प्रसारका लागि जिम्मेवार निकाय कृषि मन्त्रालय अन्तर्गत भए पनि
अनुसंधान लाइ छुट्टै स्वायत्त निकाय बनाइ दिँदा अभिभावक विनाको टुहुरे जस्तो भएको
छ । कृषि शिक्षाको लागि जिम्मेवार मानिएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ । देशको लागि कस्तो जनशक्ति चाहिन्छ, कस्तो पाठ्यक्रम बनाउनु पर्छ, उत्पादित जनशक्ति को भूमिका कत्तिको प्रभावकारी भइ रहेको छ भन्ने कुराको
स्पष्ट कार्य दिशा कृषि अनुसंधान र प्रसारमा संलग्न निकायले नदिए सम्म कृषि जनशक्ति उत्पादन गर्ने निकाय ले प्रभावकारी र उपयुक्त
जनशक्ति उत्पादन गर्न सक्दैनन् । नेपालमा विविध हावा पानीमा आवश्यक प्रविधिको विकास गर्न, कृषक स्तरमा देखिने
समस्या को प्रभावकारी समाधान पत्ता लगाउन तथा त्यसता प्रविधि को प्रभावकारिताका
बारेमा स्पष्ट पृष्ट पोषण प्राप्तिका लागि कृषि प्रसार निकायको भूमिका निकै
महत्वपुर्ण हुन्छ । कृषि अनुसंधान र प्रसारले जसरी कृषि शिक्षाको गुणस्तर वृद्धि
गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निवार्ह गरेका हुन्छन् ठीक त्यही तरिका
बाट कृषि शिक्षा र कृषि प्रसारले कृषि अनुसंधानको गुणस्तर वृद्धिका लागि योगदान
पुगाइ रहेका हुन्छन् । कृषि विकासको मेरुदण्डको रूपमा लिइने कृषि प्रसारको
प्रभावकारिता त कृषि अनुसंधान र कृषि शिक्षाको प्रभाव कारिता विना कल्पनै गर्न
सकिँदैन । त्यसैले नेपालमा कृषि विकास रणनीतिका निम्ति गर्दै आइएका टुक्रे बहसहरू ले मात्र देशमा कृषिमा आधुनिकिकरण,
व्यवसायीकरण को योजना किमार्थ पुरा हुन सक्दैन । यसको लागि देशमा
कृषि क्षेत्रको उपरि संरचनामा नै ठूलो फेर बदल गर्नु जरुरी छ । कृषि प्रसार, अनुसंधान र शिक्षा एउटै निकाय बाट
संचालन गर्ने एउटा बलियो संरचनाको जब सम्म विकास गरिँदैन नेपालमा कृषि विकासका सबै
रणनीतिहरू असफल हुँदै जानेछन् । केहि दशक अगाडि भारत ले
अवलम्ब गरेको कृषि विकास तथा अनुसंधान प्रणालीको नक्कलमा नेपालको कृषि
प्रणालीको विकास गरिएको देखिन्छ । तर यो प्रणालीबाट कृषि को विकास असम्भव देखिई
सके पछि भारतले अहले अर्को प्रणालीमा गइ सकेको छ, तर हामी
वाहिर तिर असफल भइ सकेका मोडालीटिमै बसेर देशमा कृषिको विकास गर्ने असफल प्रयास
गरिरहेका छौ । यहाँ केही प्रमुख अन्तरिष्टय कृषि विकास
तथा अनुसंधान मोडालीटिको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
Subscribe to:
Posts (Atom)