Social Icons

Dec 22, 2013

मोन्सान्टो! मोन्सान्टो! मोन्सान्टो!

Picture by: ponsulak

मोन्सान्टोलाई नेपाल प्रवेश गर्न दिनु हुन्छ वा हुँदैन भन्ने प्रश्न केही दिनदेखि फेरी नेपाली सामाजिक संजालहरूमा चर्चाको बिषय बन्दै आएको छ। विश्वकुख्यात मोन्सान्टो कम्पनीका हाइब्रिडमकैका बीउले नेपाली बजारमा स्थान पाएको तथ्य खुले लगत्तै यस बिषयमा चासो बढ्नु जायज छ। हाम्रो जस्तो कृषिप्रधान देशमा जहाँ झन्डै ७५% जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमाकृषिमा निर्भर छन्, त्यहाँ यस्ता खबरप्रति सशंकित हुनु स्वभाविक हो। यति हुँदा हुँदै पनि मूलधारका समाचारपत्रहरूले विषयको गहनतालाई नजरअन्दाज गरी मौन धारण गर्नुदुर्भाग्यपूर्ण छ।


के हो मोन्सान्टो?
मोन्सान्टोको बारेमा नेपाल (२०११) र विश्वभरि नै धेरै चर्चा भइसकेको छ। यो विशुद्ध नाफाको लागि खोलिएको बहुराष्ट्रीय कम्पनी हो। यसका मुख्य गरी दुइ किसिमका उत्पादनहरूबजारमा पाइन्छन्:
१. Glyphosate नामक विषादी (herbicide) जुन बजारमा Round up भनेर चिनिन्छ।
२. तरकारी र अन्नबालीका बीउ
मोन्सान्टोले बजारमा ल्याउने अधिकांश बीउ Genetic Engineering प्रविधिबाट बनेका GM बीउ हुन्। GMO बाहेक केही मात्रामा हाइब्रिड बीउहरू पनि यसले बजारमा ल्याउँछ।Genetically engineered बीउ र हाइब्रिड बीउ फरक हुन् । अघिल्लोमा दुइ भिन्न प्रजाति (species) का gene हरूको प्रयोग हुन्छ भने, हाइब्रिडको सन्दर्भमा एकै प्रजाति (species )का दुइ भिन्न जात (variety) का बालीबीच मेल गराइन्छ।

Aug 3, 2012

लेख्ने जमर्को गर्ने सबैलाई धन्यवाद


picture from google
गए केहि सातामा कृषि सम्बन्धित विभिन्न खाले लेखहरु विभिन्न छापाहरुमा प्रकासित भए। IAAS मै पढेका धेरै साथीहरुको उत्कृस्ट लेख वा उनीहरुको संग्लग्नता रहेको लेखहरु छापाहरुमा हेर्ने मौका पनि मिल्यो। आफुले जानेको कुरा लेख्नु र त्यसलाई प्रसार गर्न उद्दद्त हुन सिक्नु हाम्रो एक उदेश्य हो  आफुले लेखेका कुराहरुको प्रचार गर्नु पनि उत्तिकै जरुरि हुन्छ  तपाईंले लेख्नु भएको लेख वा तपाईंलाई राम्रो लागेको कृषि सम्बन्धि लेख agriculture corner facebook group मा पोस्ट गर्नु होला  लेख गहन विषय भएको खण्डमा हामी agriculturecornerbolg.blogspot.com मा राख्ने छौँ  छापामा प्रकासित बिभन्नलेखहरुको लिंक तल दिएको छ 

नेपालमा कृषि विकास र अनुसंधान




कृषि विकास का तिन महत्वपुर्ण पाटा छन् । कृषि शिक्षा, कृषि अनुसंधान र कृषि प्रसार ।  विकसित देशमा यी तिन वटै निकाय एउटै छाना मुनि हुन्छन् । तर हाम्रो देशमा यी तीनवटा निकाय तिन तिर फर्केका छन् । कृषि अनुसंधान र कृषि प्रसारका लागि जिम्मेवार निकाय कृषि मन्त्रालय अन्तर्गत भए पनि अनुसंधान लाइ छुट्टै स्वायत्त निकाय बनाइ दिँदा अभिभावक विनाको टुहुरे जस्तो भएको छ । कृषि शिक्षाको लागि जिम्मेवार मानिएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ । देशको लागि कस्तो जनशक्ति  चाहिन्छ, कस्तो पाठ्यक्रम बनाउनु पर्छ, उत्पादित जनशक्ति को भूमिका कत्तिको प्रभावकारी भइ रहेको छ भन्ने कुराको स्पष्ट कार्य दिशा कृषि अनुसंधान र प्रसारमा संलग्न निकायले  नदिए सम्म कृषि जनशक्ति उत्पादन गर्ने निकाय ले प्रभावकारी र उपयुक्त जनशक्ति उत्पादन गर्न सक्दैनन् । नेपालमा विविध हावा पानीमा आवश्यक प्रविधिको विकास गर्न, कृषक स्तरमा देखिने समस्या को प्रभावकारी समाधान पत्ता लगाउन तथा त्यसता प्रविधि को प्रभावकारिताका बारेमा स्पष्ट पृष्ट पोषण प्राप्तिका लागि कृषि प्रसार निकायको भूमिका निकै महत्वपुर्ण हुन्छ । कृषि अनुसंधान र प्रसारले जसरी कृषि शिक्षाको गुणस्तर वृद्धि गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निवार्ह गरेका हुन्छन् ठीक त्यही तरिका बाट कृषि शिक्षा र कृषि प्रसारले कृषि अनुसंधानको गुणस्तर वृद्धिका लागि योगदान पुगाइ रहेका हुन्छन् । कृषि विकासको मेरुदण्डको रूपमा लिइने कृषि प्रसारको प्रभावकारिता त कृषि अनुसंधान र कृषि शिक्षाको प्रभाव कारिता विना कल्पनै गर्न सकिँदैन । त्यसैले नेपालमा कृषि विकास रणनीतिका निम्ति गर्दै आइएका टुक्रे बहसहरू ले मात्र देशमा कृषिमा आधुनिकिकरण, व्यवसायीकरण को योजना किमार्थ पुरा हुन सक्दैन । यसको लागि देशमा कृषि क्षेत्रको उपरि संरचनामा नै ठूलो फेर बदल गर्नु जरुरी छ ।  कृषि प्रसार, अनुसंधान र शिक्षा एउटै निकाय बाट संचालन गर्ने एउटा बलियो संरचनाको जब सम्म विकास गरिँदैन नेपालमा कृषि विकासका सबै रणनीतिहरू असफल हुँदै जानेछन् । केहि दशक अगाडि भारत ले अवलम्ब गरेको कृषि विकास तथा अनुसंधान प्रणालीको  नक्कलमा नेपालको कृषि प्रणालीको विकास गरिएको देखिन्छ । तर यो प्रणालीबाट कृषि को विकास असम्भव देखिई सके पछि भारतले अहले अर्को प्रणालीमा गइ सकेको छ, तर हामी वाहिर तिर असफल भइ सकेका मोडालीटिमै बसेर देशमा कृषिको विकास गर्ने असफल प्रयास गरिरहेका छौ । यहाँ केही प्रमुख अन्तरिष्टय कृषि विकास तथा अनुसंधान मोडालीटिको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।