Social Icons

Showing posts with label Monsanto. Show all posts
Showing posts with label Monsanto. Show all posts

Jun 16, 2012

नेपालमा मोन्सान्टोको दादागिरी


बिउ उत्पादनको भिमकाय संस्था मोन्सान्टोको दादागिरी प्रयास नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिएको छ । सो कम्पनिले आम किसानलाई चुस्न र नेपालको जैविक विविधता तहसनहस पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको लालसा देखाउँदै वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ । यसको समयमा नै संरक्षण कर्मिहरुले सचेत अवरोध त गरेका छन् तर चोर बाटोबाट यो नेपालको संक्रमण काल र राजनैतिक नेतृत्वको यस विषयमा नजरअन्दाजका कारणको फाइदा उठाउँदै सक्रिय भने रहेको आभाष आम कृषिकर्मीहरुलाई रहेको छ ।