Social Icons

Showing posts with label climate change. Show all posts
Showing posts with label climate change. Show all posts

Jun 15, 2012

कृषि क्षेत्रमा जलबायु परिवर्तनको असर


जलबायु परिवर्तन आजको एक प्रमुख जल्दोबल्दो वातावरणीय समस्या हो। आज विश्वमा धेरै बैज्ञानीक एबम् अनुसन्धानकर्ताहरु जलबायु परिवर्तन र यसले बिभिन्न क्षेत्रमा पार्ने असरहरुको बारेमा अनुसन्धान गर्न कृयाशिल छन् । विश्वका विकसित देशहरु यसको प्रमुख कारक रहेपनी यस्को प्रभाब नेपालजस्तो विकासोउन्मुख देशहरुमा पनि उत्तिकै पर्ने हुँदा विश्वका धेरै अल्पबिकशित देशहरुमा पनि स्वाभाविकरुपमा जलबायु परिवर्तन र यसले पार्ने नकारात्मक प्रभाबहरुको बारेमा गहिरो चिन्ता एबम् चासो बढ्दै गएको छ। जलबायु परिवर्तनले प्रभाब पार्ने बिभिन्न क्षेत्रहरु मध्य कृषि एक प्रमुख क्षेत्र हो, जुन मानिसको प्रतक्ष जीवन निर्वाहसंग जोडीएको हुन्छ। प्रस्तुत लेखमा जलबायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाबहरुको बारेमा चर्चा गर्दै भविस्यमा अपनाउनुपर्ने रणनितीहरुको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ।