बौद्धिक सम्पति माथिको अधिकार (Intelectual property right) को सुरुवात आविष्कारलाई उक्त आविष्कारले समाजमा पुर्याएको फाईदा बापत छोटो समयको लागि उक्त बस्तुको उत्पादन, वितरण वा अन्य व्यवसायको लागि दिईने एकाधिकार हो। बौद्धिक सम्पति धेरै प्रकारका हुन्छन जस्तै सूचना माथिको अधिकार, ग्रन्थ स्वत्व, पेटेन्ट, ट्रेड मार्क, ट्रेड-सेक्रेट, डिजाइन राइट र बालि प्रजनन कर्ताको अधिकार आदि।
'ग्रन्थ-स्वत' (Copy right) भन्नाले लेख, लेखन, संगित तथा चित्र चलचित्रबाट बिचारहरुको अभिब्यक्तिमथिको अधिकारलाई जनाउछ। 'पेटेन्ट' (Patent) भन्नाले कुनै पनि नयाँ बस्तु वा व्यवासायिक प्रविधिको आबिस्कारलाइ बुझिन्छ भने ट्रेडमार्क भन्नाले कम्पनीको आधिकारिक चिन्हलाई जनाउछ। 'ट्रेड-सेक्रेट' ( व्यावसायिक गोपनियता) ले व्यवसाय सम्बन्धि सुचनालाई जनाउदछ भने, 'वाली प्रजनन कर्ताको अधिकार' ले नयाँ, फरक र स्थाई गुण भएको नयाँ र उपयोगी जात निकाले बापत त्यसको वितरण र उत्पादनमा दिईने अधिकारलाई जनाउंछ।
बौद्धिक सम्पतिको अधिकार कुनै अविष्कारकले उसको अविष्कार मार्फत समाजलाई पुर्याएको फाइदा वापत त्यस्ता आविष्कारहरुलाई प्रोत्साहनको निम्ति दिईने गरिन्छ। तर अहिले आइ.पी.आर. ले अविष्कार र अनुसन्धानहरुलाई प्रोत्साहन गर्नुको साटो केहि व्यापारिक कम्पनिहरुलाई मात्र फाइदा पुर्याउने गरेको देखिन्छ। आइ.पी.आर.को नाममा केहि व्यापारिक कम्पनिहरुले तेस्रो विश्वका वैज्ञानिकहरुलाई पूर्व-आविष्कारका सूचना माथिको पहुँचलाई सिमित गरेर विज्ञानको विकासलाई रोक्ने प्रयास गरेका छन्। यसकारण पनि आइ.पी.आर. विज्ञानको विकासको निम्ति भन्दा पनि केहि सिमित पूंजीपतिहरुको फाइदाको लागि बनाइएको नीति हो भन्ने तर्क बलियो बन्दै गईरहेको छ ।
![]() |
त्यो बापत कर तिर्नु पर्छ बैनी!! (http://goo.gl/6q6dq) |
उदाहरणको लागि सन् १८७५ मा अमेरिकी कम्पनि एटी. एण्ड टी. (AT&T) ले टेलिफोनमाथि आफ्नो एकाधिकार कायम गरिदिँदा रेडियोको आविष्कार २० बर्ष पछि धकेलियो। त्यस्तै सामान्य चिम माथिको पेटेन्ट राइटको कारणले ट्युब-लाइटको अविष्कारलाइ कयौं बर्ष पछाडी धकेलिदिएको उदाहरण पनि हामीसंग जीवन्त छ ।
पेटेन्ट जस्तै ट्रेड-सेक्रेटले पनि प्रविधिको विकासमा धेरै ठुलो ह्रास पुर्याएको देखिन्छ। यसले त झन प्रविधिको सूचना जसलाई प्रति अभियन्त्रण (Reverse Engineering) बाट पत्ता लगाउन सकिदैन, त्यसलाई नै गोप्य राखेर समाजलाई केहि पुँजीपति समुह वा कम्पनिहरुको कब्जामा राख्ने नियत तिर केन्द्रित भएको देखिन्छ।
त्यस्तै जैविक सूचना माथिको एकाधिकार त झन जैविक विज्ञानको विकासको चुनौती नै बनेको छ। ट्रान्स-जेनिक तथा वर्णशंकर (हाइब्रिड) जातिको आनुबांसिक श्रेणी र त्यसको पृथकीकरण सम्बन्धि सुचानाहरुमाथी एकाधिकार कायम गर्ने प्रवृतिले यस्ता अनुसन्धानहरिलाई निकै महँगो, एउटै कुरालाई धेरै जनाले पटक-पटक पत्त लगाउनु पर्ने बाध्यता सिर्जना गरिदिएको छ। त्यस्तै जैविक सूचना माथिको अधिकार मार्फत धनि देश तथा वहुराष्ट्रिय कम्पनीहरुले गरिब देशहरुमाथी कयौं न्यायिक तथा गैर न्यायिक शोषण गरिरहेका छन्। अझ उनीहरुले तेस्रो विश्वमा पाइने बनस्पति तथा जनावरमाथि पेटेन्ट दर्ता गरिदिंदा त झन पुर्खौ देखि उपयोग गर्दै आइरहेका त्यँहाका आदिबासीहरु माथि नै उक्त बस्तु उपयोग गर्न प्रतिबन्ध लगाउन खोजिएका उदाहरणहरु पनि प्रसस्त छन्. त्यस्तै तेस्रो विश्वका कृषक तथा उधोग व्यवसायले ती धनि देशहरुसंग आफ्नो बालि लगाउन पनि अनुमति लिनुपर्ने अनि लगाए बापत रोयल्टी (कर) तिर्नुपर्ने भएको छ।
त्यसैले सोच्नु पर्ने अवस्था आएको छ, कि कतै बौद्धिक सम्पति माथिको अधिकार (आइ.पी.आर.): कतै विज्ञानलाई बन्धकी राख्ने प्रयास त होइन?
लेखक:
कृषि बैज्ञानिक
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँके
सन्दर्भ सामाग्रीहरु:
२. Edwin C. Hettinger, "Justifying intellectual property," Philosophy and Public Affairs, Vol. 18, No. 1, Winter 1989, pp. 31-52, quotes at pp. 39 and 42. See also David Vaver, "Intellectual property today: of myths and paradoxes," Canadian Bar Review,Vol. 69, No. 1, March 1990, pp. 98-128