इतिहास यस्तो चिज रहेछ जसको जानकार हुनसके हाम्रो आम मानसमा रहेको अनेक अन्नुतरित प्रश्नहरुको उत्तर मिल्ने रहेछ। इतिहासको ज्ञान बेगर हामी सधैं जीवनक्रमको सानो कालखण्डमा सिमित हुने छौँ र समाजमा ज्ञानको अभावमा उब्जेका अनेकौं भ्रन्तिहरुमा जिउन बाध्य हुने छौँ। संसार सधैं यस्तो थिएन है भनेर पनि जान्नु अति नै आवस्यक हुन्छ, किनकि हामी भन्दा पहिला अनेकौं पुस्ताहरु यो संसारमा बाँचेर बिदा भै सके। आज हामीले अनुभव गरिरहेको समाज र यहाँको चाल-चलन संधै यस्तै नै थियो भन्ने सोच्नु मुर्खता हुन आउंछ। यसै कुराको उदाहरण स्वरूप लेखिएको हो यो खेस्रा।
पहिला वनस्पति कसरि निस्किए त? कुनै एउटा किसिमको वनस्पति वा झन्नै एकै किसिमका त्यस्तै वनस्पतिहरु वातावरण वा भौगोलिक समानता भएका ठाउंमा पहिला निस्किए। वनस्पति विज्ञानका विद्यार्थीहरुलाई थाहा होला वनस्पतिहरु आनेक उपाय अपनाएर आफ्नो बिउ यत्र-तत्र छर्रछन् र पानी र प्रकासको लागि भर मजदुर संघर्स गर्दछन्। तर तिनको संघर्ष भने चलायमान जीवको जस्तो प्रस्ट देखिंदैन। ति वनस्पतिहरुका बिउ हावाले उडाएर, पानीले बगाएर, चार-चुरुंगी वा जनावरको सरिरमा टाँसिएर, वा तिनीहरुले खाएर बिस्तारै-बिस्तारै आफ्नो उद्दगमबाट आन्येत्र छरिन थालेका हुन्। हजारौ हजरा वर्ष पहिले त धान र गहुँ पनि जंगलको घाँस भन्दा बडी केहि थिएन जुन बेला धेरै मान्छेहरु सिकार गरेर वा कन्दमुल खाएर जीविकोपार्जन गर्दथे। वनस्पतिको प्रयोग कसरि गर्ने भन्ने कुरा पुस्तौ-पुस्ताले सिकेको ज्ञान हो। जसरि भोटको मान्छेलाई च्याउ कसरि खाने भन्ने राम्रो ज्ञान थियो तर तराईमा बस्ने बाहुनलाई राम्रो ज्ञान थिएन त्यसै गरि आदि कालमा कुन वनस्पति अफ्रिकन वा युरोपियनले कसरि प्रयोग गर्थे भन्ने कुरो भारत वर्षका मान्छेहरुलाई थाहा थिएन।
अमेरिका १५०६ ई. सं (४१८ वर्ष पहिले)मा मात्रै युरोपियनहरुले पत्ता लगाएको महादेस हो र मकै र आलु त्यसपछि मात्रै विस्तारै युरोप, अफ्रीका र एसिया तिर फैलिएको हो। युरोपमा त्यो ताका जनसंख्या आत्याधिक बडी भएको थियो। यो संसारमा कहाँ-कहाँ के-के रहेछ भन्ने कौतुहलता र नयाँ-नयाँ जमिनको खोजिमा गर्ने सिलसिलामा स्पेनी रानीको आनुरोध र खर्चमा इंडिया जाने छोटो बाटो पत्ता लागाउन हिडेंका इटालीका यात्री कोलोम्बस हराएर अमेरिका पुगेका थिए। एका तिर विसाल पेसेफीक समुद्र र एका तिर अट्लानटिक महासागरले छेकेको अमेरिकन महाद्विप भित्र पनि मनग्गे मानव सभ्यताले जन्म लिएको थियो तर भौगोलिक विकटताको कारण त्यहाँका धेरै जसो वनस्पतिहरु अरु महादेस सम्म चैं पुग्न सकेनन् र न कुनै मानिस नै यता उता गर्न सक्षम भए यतिका वर्ष। (फाट-फुट मान्छे आनेक कारण यता उता भएका प्रमाण अलि-आली भने छ, तर यताका मानिसले कालान्तरमा अमेरिकाको अस्तित्व बिर्सेको हुन सक्छन् वा सुचनाको अभावमा यो कुरा कहिले पनि राम्रो संग बाहिर आउन नसकेको हुन सक्छ।)
कोलम्बस फर्केपछि नयाँ र खालि अमेरिकी जमिनमा धेरै मान्छे बसाई सरे (उनीहरुको नजरमा मात्रै खाली किनकि युरोपबाट गएको नयाँ रोगले ७५% रैथाने अमेरिकीहरुको मृत्यु भयो र तिनका अवसेसहरु घना जंगलले खर्लप्पै निल्यो। तेसैले नयाँ युरोपेलीहरुको र रैथाने अमेरिकीहरुको भेट बिरलै भयो। भेट हुनेको पनि बन्दुकको आगाडी केहि चलेन।) विस्तारै उनीहरुले अमेरिकामा घोडा, सुँगुर, भेडा, गाई जस्ता घरपालुवा जनावर र सुन्तला, केरा आदि लगे भने अमेरिकाबाट मकै, आलु, टमाटर, भेडे खुर्सानी, टर्की चरा आदि युरोपमा ल्याए।
यसरि आलु र मकै दुवैले अमिरिकाबाट त्यति लामो सयर गरेर नेपालको पाहाड तराईमा सयौं वर्ष सरण लियो र हाम्रो मन यती जित्यो कि यो बाहिरी मुलुकको हो जस्तै लाग्दैन. संधै भान्सामा गजरधम्म बसेको आलुले पनि आफु अमेरिकी मुलको नभै धुन्चेको नै हुँ भन्दो हो भने मेरा हजुरबाउको के कुरा। अब त पालिमा सुकेर बसेको मकैले अमेरिकाको सान सौखत कहाँ पहुँच र, पड्कने त त्यो हाँडी मै हो। त्यसैले पनि फेसबुके पनि सहि नै होलान। हाम्रो सयपत्री पनि उतै मेक्सिकोको रे अनि मखमली नि अन्तैको रे । खैर हामीले माया गरे पछि र हामीलाई माया गरेपछि त हाम्रै हो भन्न कुनै कन्जुस्याईं नगरे हुन्छ । तर हाम्रा पाखामा फुलेका बोट बुट्यानले चैं कुन देसको प्रेम पाएछ जान्न पाए चैं रमाइलो लाग्ने थियो होला ।
कृषिमा स्तानक गर्दा Origin of plants (बिरुवाका उद्दगम स्थल) भन्ने विषय सिर्सकमा बालिका उद्दगम स्थलका सुचीहरुको fotocopy (प्रतिलिपि)हरु धमाधम घोकिंदै थियो। कक्षा कोठामा राम्रोसंग पढाएको राम्रो हेक्का भएन मलाई तर मलाई भने सबै नेपालमै पाउने कुराको उद्दगम स्थल भने चैं कहाँ हो कहाँको देस पढ्दा पटक्कै चित्त बुझेको थिएन। पढ्दै जांदा आलु र मकै चैं पेरु र मेक्सिकोबाट आएको रे अनि एक थरिको धानको उद्दगम चैं नेपाल तिरै रे भनेर पढियो। त्यति खेर कता हो पेरु कता हो मेक्सिको ठेगान नै थिएन। नाम र त्यो देसको राजधानी थाहा भएपनि र कोलम्बसले अमेरिका पत्ता लगाका रे भन्ने हाजिरी जवाफ ज्ञान भए पनि त्योसंग आलु र मकै जोडेर हेर्ने खुबी भने मसंग थिएन। आजको मितीमा भएको भए यसो गूगल गरेर हेर्थे होला सायद वा निर्धक्क कसैलाई सोध्ने थिएँ होला। तर बर्षौ सम्म आखिर पेरु र मेक्सिको उद्दगम भएको आलु र मकै नेपालको पहाडमा कसरि पुग्यो भन्ने प्रश्न अनुत्तरित नै रह्यो? त्यति खेर साथीहरुसंग यस विसयमा हल्का वादविवाद पनि भयो तर जांच आयो प्रस्न आएन, टन्टै सक्कियो।
अचम्म लाग्छ फेसबुकेहरु निर्धक्क लेख्छन ‘आलुको आचार र भुटेको मकै’ वा मकैको ढिडो नेपाली खानाको एक पहिचान’ रे फेरी !! एक दिन मैले मेरो हजुर बुवालाई घुमाउरो पारामा वहाँका बाबु बजेले पहाडमा के कस्तो कुरा खानु हुन्थ्यो भनेर सोधें। ९० वर्षका हजुरबा जुर्मुराएर उठेर अनेक भने अनी सिधै मकै र आलुको बारेमा सोद्धा वहाँले यो त हाम्रो पुर्खा देखीको खेती हो नि बाबु भन्नु भो। नभन्नु पनि कसरि प्रत्येक घरको पालीमा जुगौं सम्म झुन्डिएको मकै हाम्रै नभए कस्को त? तेस्सै मकैका जुँगा फुलेका छन् र हाम्रा बारीमा? (त्यति नै खेर माहिला मामाले सानो हुँदा यता उता जानु पर्दा आगो पार्नका लागि कसरि पोल्टामा कलापत्थर र झिम्रो (सुकेको केराबोटको रेसाहरु) बोकेर हिंड्नु पर्थ्यो भन्ने कुरा सुन्दा अचम्मै लाग्यो। आफुलाई भने १ रुप्पे पर्ने माचिससंधै पल्तिरको दोकानमा पाइन्थ्यो झैँ लाग्ने।)
म आधुनिक विज्ञानको विद्यार्थी भए पनि वेदमा संग्रहित विज्ञान प्रिती उत्तिकै चाख दिन्छु। एकदिन आलु-मकैको भेद भंग्ग गर्न घरमा श्राद्ध गराउन आएका पण्डितलाई वेदमा आलु-मकैको कतै चर्चा छ र? भनेर सोधें। उनीले तेस्को त कतै चर्चा नभएको कुरा प्रस्ट पारी दिए भलै उनले वेद पढेका थिए वा थिएनन्। त्यस पछि भने खास कुरो के रहेछ त भनेर मैले आफ्नै तरिकाले यसको बारे बुझ्ने प्रयास गरे।
|
पहिला वनस्पति कसरि निस्किए त? कुनै एउटा किसिमको वनस्पति वा झन्नै एकै किसिमका त्यस्तै वनस्पतिहरु वातावरण वा भौगोलिक समानता भएका ठाउंमा पहिला निस्किए। वनस्पति विज्ञानका विद्यार्थीहरुलाई थाहा होला वनस्पतिहरु आनेक उपाय अपनाएर आफ्नो बिउ यत्र-तत्र छर्रछन् र पानी र प्रकासको लागि भर मजदुर संघर्स गर्दछन्। तर तिनको संघर्ष भने चलायमान जीवको जस्तो प्रस्ट देखिंदैन। ति वनस्पतिहरुका बिउ हावाले उडाएर, पानीले बगाएर, चार-चुरुंगी वा जनावरको सरिरमा टाँसिएर, वा तिनीहरुले खाएर बिस्तारै-बिस्तारै आफ्नो उद्दगमबाट आन्येत्र छरिन थालेका हुन्। हजारौ हजरा वर्ष पहिले त धान र गहुँ पनि जंगलको घाँस भन्दा बडी केहि थिएन जुन बेला धेरै मान्छेहरु सिकार गरेर वा कन्दमुल खाएर जीविकोपार्जन गर्दथे। वनस्पतिको प्रयोग कसरि गर्ने भन्ने कुरा पुस्तौ-पुस्ताले सिकेको ज्ञान हो। जसरि भोटको मान्छेलाई च्याउ कसरि खाने भन्ने राम्रो ज्ञान थियो तर तराईमा बस्ने बाहुनलाई राम्रो ज्ञान थिएन त्यसै गरि आदि कालमा कुन वनस्पति अफ्रिकन वा युरोपियनले कसरि प्रयोग गर्थे भन्ने कुरो भारत वर्षका मान्छेहरुलाई थाहा थिएन।
विस्तारै स्तानिय तहमा मान्छेहरुले वातावरण अनुकुल प्रमुख स्तानिय खाद्य वनस्पतिको खेति गर्न थाले जस्तै धान, गहुँ, फापर, कोदो आदि। तर पनि पहिले जंगलमा पाईने खाद्य बस्तुको बडी महत्त्वो हुन्थ्यो। एक समुदायले अर्को समुदायसंग सिक्दै र देखासिखी गर्दै जंगलमा पनि के-के खान हुने वा नहुने बुझ्दै गए। तर जब मान्छेले व्यापार गर्न थाले, पानी मार्गबाट अन्यत्र मुलुक भ्रमण गर्न थाले खाद्य बस्तुको खेति र लेन-देन तिब्र हुन थाल्यो। खाद्य बस्तुको ज्ञान व्हात्तै बढ्यो। युरोप र एसिया जोडिएको हुनाले र एशिया र युरोप अफ्रीकाको धेरै नजिक भएको कारण पौराणिककाल देखि नै हामीलाई यी महादेशका आनेक कुरा थाहा थिए। तर मकै र आलु (टमाटर पनि) त अमेरिका महादेसमा थिए जसको बारे हामीलाई पत्तै थिएन।
विशाल अमेरिकाको दुवै तिर रहेका बिसाल समुंद्र |
अमेरिका १५०६ ई. सं (४१८ वर्ष पहिले)मा मात्रै युरोपियनहरुले पत्ता लगाएको महादेस हो र मकै र आलु त्यसपछि मात्रै विस्तारै युरोप, अफ्रीका र एसिया तिर फैलिएको हो। युरोपमा त्यो ताका जनसंख्या आत्याधिक बडी भएको थियो। यो संसारमा कहाँ-कहाँ के-के रहेछ भन्ने कौतुहलता र नयाँ-नयाँ जमिनको खोजिमा गर्ने सिलसिलामा स्पेनी रानीको आनुरोध र खर्चमा इंडिया जाने छोटो बाटो पत्ता लागाउन हिडेंका इटालीका यात्री कोलोम्बस हराएर अमेरिका पुगेका थिए। एका तिर विसाल पेसेफीक समुद्र र एका तिर अट्लानटिक महासागरले छेकेको अमेरिकन महाद्विप भित्र पनि मनग्गे मानव सभ्यताले जन्म लिएको थियो तर भौगोलिक विकटताको कारण त्यहाँका धेरै जसो वनस्पतिहरु अरु महादेस सम्म चैं पुग्न सकेनन् र न कुनै मानिस नै यता उता गर्न सक्षम भए यतिका वर्ष। (फाट-फुट मान्छे आनेक कारण यता उता भएका प्रमाण अलि-आली भने छ, तर यताका मानिसले कालान्तरमा अमेरिकाको अस्तित्व बिर्सेको हुन सक्छन् वा सुचनाको अभावमा यो कुरा कहिले पनि राम्रो संग बाहिर आउन नसकेको हुन सक्छ।)
कोलम्बसले अमेरिका पत्ता लगाउँदा मकै मध्य-अमिरिकाका मानिसहरुको प्रमुक खाना थियो। सयौ वर्ष लगाएर मध्य-अमिरिकाका मानिसहरुले एक प्रकारको सानो बाला लाग्ने घाँसलाई छानी-छानी बारीमा रोपेर ठुलो खोया लाग्ने मकैको रुप दिन सफल भएका थिए। अरु वैज्ञानिकले सुझाए अनुसार उनीहरुले त्यसो नभै दुई भिन्न-भिन्न प्रकारका घाँसको भाले-पोथी मिसाएर नयाँ प्रजाति विकास गरेका थिए जुन मकै हो। जुनै कुरा सत्य भए पनि मकै मानवले प्रकृतिसंग प्रतक्ष संलग्न भएर निर्मित खाद्य बिज हो। यसैको आडमा अमेरिकाको पुरानो सभ्यता अडेको थियो किनकि स्वाभिविक रुपमा धान, गहुँ, आदि अमेरिकामा कोलम्बस पुग्नु अघि थिएन।
आलु दक्षिण अमिरिकाको देस पेरुको डाँडामा उत्पन्न भएको थियो। उनीहरु धेरै उचाईमा बस्ने भएकोले मकै रोप्दैन थिए। बेला बेला अनिकाल लाग्ने भएको भएर उनीहरु धेरै आलु उत्पादन गर्दथे र एउटा पद्दति द्वारा घाँसमा बेरेर माटोमुनि गाडीदिन्थे जुन अनिकालको बेला सयौ वर्ष पछि पनि खान सकिन्थ्यो। विडम्बन आलु खान त हामीले सिक्यौं तर त्यो पद्दति सिक्न सकेनौ।
कोलम्बस फर्केपछि नयाँ र खालि अमेरिकी जमिनमा धेरै मान्छे बसाई सरे (उनीहरुको नजरमा मात्रै खाली किनकि युरोपबाट गएको नयाँ रोगले ७५% रैथाने अमेरिकीहरुको मृत्यु भयो र तिनका अवसेसहरु घना जंगलले खर्लप्पै निल्यो। तेसैले नयाँ युरोपेलीहरुको र रैथाने अमेरिकीहरुको भेट बिरलै भयो। भेट हुनेको पनि बन्दुकको आगाडी केहि चलेन।) विस्तारै उनीहरुले अमेरिकामा घोडा, सुँगुर, भेडा, गाई जस्ता घरपालुवा जनावर र सुन्तला, केरा आदि लगे भने अमेरिकाबाट मकै, आलु, टमाटर, भेडे खुर्सानी, टर्की चरा आदि युरोपमा ल्याए।
युरोपमा मकै र आलुको अनेक प्रयोग भयो। मकै अलि गर्मि ठाउँमा धेरै राम्रो फल्ने र आलु अलि जाडो ठाउँमा राम्रो फल्ने बुझे पछि सोहि अनुरुप यसको खेति हुन थाल्यो। खेति त गर्नु पर्ने बाध्यता नै थियो किनकि त्यो बिघ्न बढेको जनसंख्यालाई खुवाउन नसके अर्को आपत आउन बेर थिएन। अमेरिका पत्त लगाउनु पूर्व नै पोर्चुगलका ब्यापारीहरुले इंडियासंग व्यापार गर्न थाली सकेका थिए र सम्भवत तिनै व्यपारीहरुले नै १६०० इ.सं. मा पहिलो चोटी मकै इंडियामा झारेका थिए र सायद त्यति खेर तिर नै खेर आलु पनि ल्याएका थिए। पोर्चुगलका ब्यापारीहरु इंडियाबाट मर-मसला खरिद गरेर अन्य ठाउँमा व्यापार गर्दथे। मिथिला र काठमान्डौका मसला व्यपारीको मध्यमबाट मकै (हलुको हुनुको कारणले) सिधै नेपाल आएको हुन सक्छ। आलु भने १८०० इ.सं मा इंडिया भरि राम्रै जग हाली सकेको प्रमाण छन् जसको प्रभावबाट नेपाल अछुतो किन हुन्थ्यो होला र।
यसरि आलु र मकै दुवैले अमिरिकाबाट त्यति लामो सयर गरेर नेपालको पाहाड तराईमा सयौं वर्ष सरण लियो र हाम्रो मन यती जित्यो कि यो बाहिरी मुलुकको हो जस्तै लाग्दैन. संधै भान्सामा गजरधम्म बसेको आलुले पनि आफु अमेरिकी मुलको नभै धुन्चेको नै हुँ भन्दो हो भने मेरा हजुरबाउको के कुरा। अब त पालिमा सुकेर बसेको मकैले अमेरिकाको सान सौखत कहाँ पहुँच र, पड्कने त त्यो हाँडी मै हो। त्यसैले पनि फेसबुके पनि सहि नै होलान। हाम्रो सयपत्री पनि उतै मेक्सिकोको रे अनि मखमली नि अन्तैको रे । खैर हामीले माया गरे पछि र हामीलाई माया गरेपछि त हाम्रै हो भन्न कुनै कन्जुस्याईं नगरे हुन्छ । तर हाम्रा पाखामा फुलेका बोट बुट्यानले चैं कुन देसको प्रेम पाएछ जान्न पाए चैं रमाइलो लाग्ने थियो होला ।
नेपालमा मकै र आलु मिथिलाका वा काठमान्डौका व्यपारी ल्याए भन्ने मेरो आनुमान मात्र हो। थुप्रै समयमा मैले पढेको कुराको खेस्रा तयार परेर लेखेको लेख हो यो। यता उता भए सिधा भन्नु हुन अनुरोध गर्दछु ।
Gunjan
Gunjan
http://www.nal.usda.gov/research/maize/index.shtml (मकैको अमेरिका देखि एशिया सम्मको यात्रा)
http://en.wikipedia.org/wiki/Maize (मकै : विकिपिडिया)
http://www.youtube.com/watch?v=HcHS6EFo1Jw (कोलोम्बस पूर्वको अमेरिका भिडिओ )