Social Icons

Jun 16, 2012

नेपालमा मोन्सान्टोको दादागिरी


बिउ उत्पादनको भिमकाय संस्था मोन्सान्टोको दादागिरी प्रयास नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिएको छ । सो कम्पनिले आम किसानलाई चुस्न र नेपालको जैविक विविधता तहसनहस पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको लालसा देखाउँदै वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ । यसको समयमा नै संरक्षण कर्मिहरुले सचेत अवरोध त गरेका छन् तर चोर बाटोबाट यो नेपालको संक्रमण काल र राजनैतिक नेतृत्वको यस विषयमा नजरअन्दाजका कारणको फाइदा उठाउँदै सक्रिय भने रहेको आभाष आम कृषिकर्मीहरुलाई रहेको छ ।

Jun 15, 2012

कृषि क्षेत्रमा जलबायु परिवर्तनको असर


जलबायु परिवर्तन आजको एक प्रमुख जल्दोबल्दो वातावरणीय समस्या हो। आज विश्वमा धेरै बैज्ञानीक एबम् अनुसन्धानकर्ताहरु जलबायु परिवर्तन र यसले बिभिन्न क्षेत्रमा पार्ने असरहरुको बारेमा अनुसन्धान गर्न कृयाशिल छन् । विश्वका विकसित देशहरु यसको प्रमुख कारक रहेपनी यस्को प्रभाब नेपालजस्तो विकासोउन्मुख देशहरुमा पनि उत्तिकै पर्ने हुँदा विश्वका धेरै अल्पबिकशित देशहरुमा पनि स्वाभाविकरुपमा जलबायु परिवर्तन र यसले पार्ने नकारात्मक प्रभाबहरुको बारेमा गहिरो चिन्ता एबम् चासो बढ्दै गएको छ। जलबायु परिवर्तनले प्रभाब पार्ने बिभिन्न क्षेत्रहरु मध्य कृषि एक प्रमुख क्षेत्र हो, जुन मानिसको प्रतक्ष जीवन निर्वाहसंग जोडीएको हुन्छ। प्रस्तुत लेखमा जलबायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाबहरुको बारेमा चर्चा गर्दै भविस्यमा अपनाउनुपर्ने रणनितीहरुको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ।

Jun 11, 2012

Eye on agriculture

Many countries are already developed both in terms of their economy and society, while others are rapidly striving to catch up. But here in Nepal, we seem to be tip-toeing towards a so-called developed and “New Nepal”. While our wants are growing, even our basic needs are not met.  An example is the general neglect that agriculture has faced in a context of a growing desire for material wealth. 

Cultivable lands in urban areas and suburbs are rapidly being split-up and plotted to raise concrete structures on them. The rural population is migrating to the cities while the youth is flockto foreign lands in search of manual labour, leaving the villages’ youth-less. Once cultivated green fields of paddy, now lie barren. Little knowledge is evidently dangerous. At the same time, ample knowledge is also causing the youth to leave their villages in search of skilled labour. An educated person shouldn’t work on the fields, they say. Meanwhile, the ever-changing governments are too busy shuffling about their papers to notice what is going on. There is a fuel crisis. There is a gas crisis. There is a water crisis. The whole country it seems is in a state of perpetual crisis. Forget catching up in the race to prosperity, we are steadily decelerating.  

Jun 9, 2012

How could biochar change the fate of marginal soil in Nepal


Biochar is a carbon rich product that is produced by pyrolysis (heating in incomplete or partial absence of oxygen) of biomass at relatively low temperature (<700°C). Normally, a forest fire exceeds 800°C and a simple visible fire is already nearly 600°C. Biochar is very light carbon product. Biochar has been called Bio-Char, Charcoal (अंगार) or biomass derived black carbon, Agri-Char etc according to purpose of use. However, biochar is different from other because of the intention to incorporate in soil for agricultural and environmental benefits. Thus during the production of biochar special care are taken to optimize plant beneficial properties. It is also important to use the word ‘biochar’ in the scientific world to have consistency in research work and standardize the product.

Jun 3, 2012

कृषि विश्वविद्यालय र चुनौती


चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन। अनुसन्धान केन्द्रहरुमा अनुसन्धानकर्ताहरु सरकारले अनुसन्धानको लागि पैसा उपलब्ध नगराएको निहुँमा घाम तापेर बस्ने परम्पराको अन्त हुन जरुरी छ। त्यसैगरी क्याम्पसमा पनि अध्यापनको साथ साथै प्राध्यापकहरुको लागि खोजमूलक कार्यमा लाग्नै पर्ने नियम बनाउन जरुरी छ। कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छ, तर हामीलाई नेपाली माटोसँग खेल्नसक्ने, गरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ।