Social Icons

Dec 22, 2013

मोन्सान्टो! मोन्सान्टो! मोन्सान्टो!

Picture by: ponsulak

मोन्सान्टोलाई नेपाल प्रवेश गर्न दिनु हुन्छ वा हुँदैन भन्ने प्रश्न केही दिनदेखि फेरी नेपाली सामाजिक संजालहरूमा चर्चाको बिषय बन्दै आएको छ। विश्वकुख्यात मोन्सान्टो कम्पनीका हाइब्रिडमकैका बीउले नेपाली बजारमा स्थान पाएको तथ्य खुले लगत्तै यस बिषयमा चासो बढ्नु जायज छ। हाम्रो जस्तो कृषिप्रधान देशमा जहाँ झन्डै ७५% जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमाकृषिमा निर्भर छन्, त्यहाँ यस्ता खबरप्रति सशंकित हुनु स्वभाविक हो। यति हुँदा हुँदै पनि मूलधारका समाचारपत्रहरूले विषयको गहनतालाई नजरअन्दाज गरी मौन धारण गर्नुदुर्भाग्यपूर्ण छ।


के हो मोन्सान्टो?
मोन्सान्टोको बारेमा नेपाल (२०११) र विश्वभरि नै धेरै चर्चा भइसकेको छ। यो विशुद्ध नाफाको लागि खोलिएको बहुराष्ट्रीय कम्पनी हो। यसका मुख्य गरी दुइ किसिमका उत्पादनहरूबजारमा पाइन्छन्:
१. Glyphosate नामक विषादी (herbicide) जुन बजारमा Round up भनेर चिनिन्छ।
२. तरकारी र अन्नबालीका बीउ
मोन्सान्टोले बजारमा ल्याउने अधिकांश बीउ Genetic Engineering प्रविधिबाट बनेका GM बीउ हुन्। GMO बाहेक केही मात्रामा हाइब्रिड बीउहरू पनि यसले बजारमा ल्याउँछ।Genetically engineered बीउ र हाइब्रिड बीउ फरक हुन् । अघिल्लोमा दुइ भिन्न प्रजाति (species) का gene हरूको प्रयोग हुन्छ भने, हाइब्रिडको सन्दर्भमा एकै प्रजाति (species )का दुइ भिन्न जात (variety) का बालीबीच मेल गराइन्छ।