Social Icons

Dec 22, 2013

मोन्सान्टो! मोन्सान्टो! मोन्सान्टो!

Picture by: ponsulak

मोन्सान्टोलाई नेपाल प्रवेश गर्न दिनु हुन्छ वा हुँदैन भन्ने प्रश्न केही दिनदेखि फेरी नेपाली सामाजिक संजालहरूमा चर्चाको बिषय बन्दै आएको छ। विश्वकुख्यात मोन्सान्टो कम्पनीका हाइब्रिडमकैका बीउले नेपाली बजारमा स्थान पाएको तथ्य खुले लगत्तै यस बिषयमा चासो बढ्नु जायज छ। हाम्रो जस्तो कृषिप्रधान देशमा जहाँ झन्डै ७५% जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमाकृषिमा निर्भर छन्, त्यहाँ यस्ता खबरप्रति सशंकित हुनु स्वभाविक हो। यति हुँदा हुँदै पनि मूलधारका समाचारपत्रहरूले विषयको गहनतालाई नजरअन्दाज गरी मौन धारण गर्नुदुर्भाग्यपूर्ण छ।


के हो मोन्सान्टो?
मोन्सान्टोको बारेमा नेपाल (२०११) र विश्वभरि नै धेरै चर्चा भइसकेको छ। यो विशुद्ध नाफाको लागि खोलिएको बहुराष्ट्रीय कम्पनी हो। यसका मुख्य गरी दुइ किसिमका उत्पादनहरूबजारमा पाइन्छन्:
१. Glyphosate नामक विषादी (herbicide) जुन बजारमा Round up भनेर चिनिन्छ।
२. तरकारी र अन्नबालीका बीउ
मोन्सान्टोले बजारमा ल्याउने अधिकांश बीउ Genetic Engineering प्रविधिबाट बनेका GM बीउ हुन्। GMO बाहेक केही मात्रामा हाइब्रिड बीउहरू पनि यसले बजारमा ल्याउँछ।Genetically engineered बीउ र हाइब्रिड बीउ फरक हुन् । अघिल्लोमा दुइ भिन्न प्रजाति (species) का gene हरूको प्रयोग हुन्छ भने, हाइब्रिडको सन्दर्भमा एकै प्रजाति (species )का दुइ भिन्न जात (variety) का बालीबीच मेल गराइन्छ।

किन विवादित छ मोन्सान्टो?
मोन्सान्टो पटक पटक विवादमा आउनुको प्रमुख कारण किसानहरूको बीउमाथिको अधिकारमा यसको हस्तक्षेप हो। यस प्रकारको हस्तक्षेप सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो।कुनै बर्षमा किनिएको बीउबाट निस्केको नयाँ बीउ किसानले प्रयोग गर्न नपाउने कानुनी शर्तमा मात्र मोन्सान्टोले बीउ बेच्नेगर्छ। यहि शर्त-भंग गरेको निहुमा सयौं किसानहरूमाथि यसलेकानुनी मुद्दा हालेको छ। यसको प्रत्यक्ष असर खाद्ध संप्रभुतामा पर्न जान्छ।

खाद्म संप्रभुता यस्तो अवधराना हो जसले किसानलाई कुनै पनि खाद्य प्रणालीको केन्द्रमा राख्दछ। कुन बाली लगाउने, त्यसबाट आएको उत्पादनलाई कसरी वितरण गर्ने र केकालागिप्रयोगमा ल्याउने जस्ता निर्यण स्वयम् किसानमा निहित हुनुपर्छ। तर मोन्सान्टोको बीउ लगाउँदा यसबाट आउने बीउ पुन: प्रयोग गर्न नपाउने मोन्सान्टोको बाध्यकारी कन्ट्रयाक्टमाबाँधिनुपर्दा किसानको अधिकारको हनन हुन जान्छ। बीउमाथिको नियन्त्रण बिस्तारै सम्पूर्ण बजारमाथिकै नियन्त्रणमा परिणत हुन जान्छ र यसरी विश्व खाद्म बजारमा मोन्सान्टोकोएकाधिकार बढ्दै जाने हो।

चाइनाका अर्थशास्त्रीहरूका अनुसार हाल चाइनामा भटमासको बजार मोन्सान्टोकै नियन्त्रणमा छ र यो त्यहीँ नरोकी मकै र कपासको बजारमा पनि देखिन थालेको छ। यहि समस्याअर्जेन्टिना, ब्राजिल र अन्य मुलुकहरूमा देखिएको छ। फलस्वरूप ९० को दशकमा मोन्सान्टोलाई भित्र्याएका धेरै देशहरूमा यसमाथि प्रतिबन्ध लगाउन आन्तरिक दबाब सिर्जना हुनथालेको छ। अरू देशको कुरा छोडौं, अमेरिका भित्रैबाट पनि बिरोधका आवाजहरू नउठेका होइनन् ।

छिमेकी मुलुक भारतको कुरा गरौँ। ९० को दशकमा कपास खेती गर्ने किसानहरूले मोन्सान्टोको GM बीउ लगाएका थिए। यस किसिमको बीउ लगाउँदा धेरै मलजल गर्नु पर्छ। एक तमहँगो बीउ त्यसमाथि रासायनिक मलको खर्च, साना किसानहरूको लागि पैसा जुटाउन सजिलो थिएन। तर राम्रो उब्जनीको आसमा किसानहरूले ऋण गरेरै भए पनि खेती गरे।भइदियो ठीक विपरित। महाराष्ट्र, गुजरात, आन्ध्र प्रदेश लगायतका राज्यहरूमा कहिले खडेरी त कहिले कपासमा लाग्ने रोग किराका कारण उत्पादन सोचेअनुरुप हुन सकेन। बर्सेनि बीउकोभाउ आकासिँदै गयो, साथमा कीटनाशकको भाउ पनि। भारतका प्रसिद्ध environment activist डा. वन्दना शिवका अनुसार १९९९ मा किसानहरूले प्रति किलो बीउमा रु ७ लगानीगर्थे भने, २००९ सम्ममा आइपुग्दा प्रति किलो बीउको लागि रु १७,००० सम्म तिर्नुपरेको अवस्था थियो। चर्को बीउ भाउ घटाएर किसानहरूलाई राहत दिन सरकारले बारम्बार आग्रहगर्दा पनि मोन्सान्टोले त्यसो गर्न मानेन। यसले गर्दा गरिब किसानहरू ऋणको अन्त्यहिन चक्रमा कहिल्यै उम्कन नमिल्ने गरी बाँधिदै गए। परिणाम हामी सबैले देखेकाछौं ।

भारतमा प्रति बर्ष सयौंको संख्यामा किसानहरू आत्महत्या गर्न बाध्य छन्। २०१२ मा भारतीय कृषि अनुसंधान परिषद (ICAR ) र केन्द्रिय कपास अनुसंधान संस्थान (CCRI) ले विस्तृतअध्ययनपछि किसानहरूको आत्महत्यामा मोन्सान्टोको मुख्य भूमिका रहेको पुष्टी गरेको थियो।

अध्ययनका अनुसार आत्महत्या गर्ने अधिकांश किसानहरु कपास खेती गरिने पकेट क्षेत्रका थिए र यसरी आत्महत्या गर्ने प्रवृति किसानहरू मोन्सान्टोको बीउमाथि पूर्णरूपले निर्भर हुनुपर्नेअवस्थाको सिर्जना भएपछि देखिएको थियो। यसका अलावा अरू पनि नकारात्मक पक्षहरू प्रकाशमा आए। जस्तै:
१) कपासको बीउको ९५% बजार मोन्सान्टोको कब्जामा थियो।
२) कृषिको लागि आधारभूत सामग्री बीउ जुन परापूर्वक कालदेखि किसानहरूले जगेर्ना गर्दै आएका थिए, त्यो अब कुनै कम्पनीको पेवा बनेको थियो जुन सरासर किसानको बीउमाथिकोअधिकारको हनन थियो।
३) बजारमा GMO बीउ आएपछि किसानहरूले लगाउंदै आएका रैथाने र उन्नत जातका (Open pollinated variety) कपासहरू लोप हुँदै गए। त्यतिमात्र नभएर पहिले मिश्रितबालीको (mixed cropping) रूपमा लगाइने कपास, GMO बीउको प्रवेशसंगै एकल बालीको (monocrop/ monoculture) रूपमा लगाइन थालियो जसले किसानलाई थप जोखिममापारेको थियो। यसको प्रत्यक्ष असर जैविक विविधता (biodiversity)मा पर्न गयो।

यिनै निष्कर्षहरुलाई ध्यानमा राखी सन् २०१२ मा भारतको सर्वोच्च अदालतले १० बर्ष सम्मको लागि भारतमा कुनै पनि GMO बाली प्रयोगमा ल्याउन नपाउने फैसला सुनाएको थियो।

यसका अलावा GMO प्रविधिले मानव स्वास्थ्यमा पुराउन सक्ने हानि नोक्सानीको बारेमा वैज्ञानिक समुदाय आफैमा मत भिन्नता छ। कति अनुसन्धानले यस प्रविधिले मानव स्वास्थ्यमाउति ठूलो क्षति नपुग्ने बताए पनि कतिपय अनुसन्धानले यसमाथि प्रश्न उठाएर बिश्वस्त हुन नसक्ने बताएका छन्। यसका साथै पर्यावरण र जैविक बिबिधतामा आउन सक्ने समस्याहरूकाबारेमा पनि ठूलै बहस विश्वभर चलिआएको छ।

मोन्सान्टोलाई नेपालमा प्रवेश दिने कि नदिने?
पढेर जानिन्छ कि परेर भनेझैं विश्वभरमा मोन्सान्टोले गर्दै आएको दादागिरीको बारेमा पढेर/ देखेर हामीले त्यसबाट पाठ सिक्ने कि आफैमाथि यसको कालरूपी छायाँ परेपछि पछुताउने?यो कुनै साधारण कम्पनी होइन। यसमा अमेरिकी सरकार भित्र र बाहिरका उच्चपदका अधिकारिहरुको गहिरो संलग्नता रहेको पाइन्छ, जसका कारण विश्वभरि र अमेरिका भित्रैबाटबिरोध हुँदाहुँदै पनि मोन्सान्टोमुखी नियम/कानुनहरू लादिदै आईएको छ। २०१३ मा अमेरिकामा "Monsanto Protection Act" ल्याइयो जसले किसान र सर्वसाधारणलाई मारमा पार्नेनिश्चित छ। यति मात्र नभएर विभिन्न देशहरूसंग गोप्य रूपमा TPP र TAFTA जस्ता सम्झौताहरूमा हस्ताक्षर गरी विश्वबजारमा मोन्सान्टोको एकाधिकार स्थापना गर्ने षड्‍यंत्र बुनिदै छ।

आजको आधुनिक युगमा कुनै देशलाई नियन्त्रणमा लिन गोला बारुदको नभएर खाद्मन्नको राजनीति गरिन्छ। खाद्म उत्पादनको लागि आधारभूत मानिने बीउ नै नियन्त्रणमा लिएपछिदेश स्वत: कठपुतली बन्न बाध्य हुन्छ। हालसम्मका मोन्सान्टोका गतिविधिहरू देख्दा यसको यही फासिस्टवादी नीति स्पष्ट झल्कन्छ।

अमेरिका जस्तो मुलुक जहाँ खेती किसानी गर्न प्रशस्त पूँजीका साथै प्राविधिक ज्ञान चाहिन्छ त्यहाँका किसान हाम्रो जस्तो गरिब देशका साना किसान भन्दा हरेक कोणले अगाडि छन्।पैसा र चेतनाका दृष्टिले यति सामर्थ्यवान हुँदा त अमेरिकी किसान मोन्सान्टो पिडित छन् र नचाहाँदा नचाहँदै यसको दादागिरी सहन बाध्य छन् भने हाम्रा नेपाली किसानहरूको नियतिभारतीय किसानहरूको झैं नहोला भन्न सकिन्न।

कहिलेकहीँ "के गर्ने" भन्ने कुरामा दुविधा भए हामीले "के नगर्ने" भन्नेमा प्रष्ट हुन जरुरी छ। । त्यसैले कुनै पनि हालतमा मोन्सान्टोलाई नेपाल प्रवेश गर्न दिनुहुन्न। पटक्कै हुन्न।

अन्त्यमा,
अमेरिकाका आदिवासी "क्री" समुदायको यो प्रसिद्ध भनाइ एक फेर सबैलाई स्मरण गराउन चाहन्छु ।

अन्तिम रूख ढालिए पछि मात्र
अन्तिम नदिमा बिष मिसिए पछि मात्र
अन्तिम माछा मारिएपछि मात्र

त्यस पछि मात्र तिमीले चाल पाउनेछौ
पैसा खान मिल्दैन ।

-बिनिता गुरुङ

No comments:

Post a Comment