Social Icons

Aug 3, 2012

लेख्ने जमर्को गर्ने सबैलाई धन्यवाद


picture from google
गए केहि सातामा कृषि सम्बन्धित विभिन्न खाले लेखहरु विभिन्न छापाहरुमा प्रकासित भए। IAAS मै पढेका धेरै साथीहरुको उत्कृस्ट लेख वा उनीहरुको संग्लग्नता रहेको लेखहरु छापाहरुमा हेर्ने मौका पनि मिल्यो। आफुले जानेको कुरा लेख्नु र त्यसलाई प्रसार गर्न उद्दद्त हुन सिक्नु हाम्रो एक उदेश्य हो  आफुले लेखेका कुराहरुको प्रचार गर्नु पनि उत्तिकै जरुरि हुन्छ  तपाईंले लेख्नु भएको लेख वा तपाईंलाई राम्रो लागेको कृषि सम्बन्धि लेख agriculture corner facebook group मा पोस्ट गर्नु होला  लेख गहन विषय भएको खण्डमा हामी agriculturecornerbolg.blogspot.com मा राख्ने छौँ  छापामा प्रकासित बिभन्नलेखहरुको लिंक तल दिएको छ 


तपाईंले आफुले लेख्नु भएको कृषि विज्ञान वा सो सम्बन्धि विचार, लेख, आदि हामीलाई पठाएको खण्डमा हामी agriculturecorner.blogspot.com मा प्रकाशित गर्ने छौ  खुसीको कुरा के भने यो ब्लगमा प्रकासित कुनै पनि लेख कम्तिमा ९० र बढी मा ३१० चोटी हेरिएको छ  हाम्रो बुझाई अनुसार यसरि हेर्ने ९०% (अनुमान) नेपाली कृषि विज्ञान पढेका छन्  यस्को मतलब यहाँ प्रकासित लेखहरु कृषि विज्ञानमा रुची राख्नेको लागि बडी महत्वपूर्ण हुन सक्छ  कम्तिमा एउटा लेखमा विदेशी जनकरको कमेन्ट आउनु र बेला-बेला व्यक्तिगत ब्लगहरुमा हाम्रा लेखको लिंक राखिनुले हामी गौरवाम्बित त छौँ नै तर साथ-साथै हाम्रा लेखहरु गुणस्तरीय हुनु पर्ने दवाब पनि सिर्जना भएको छ  तर अफ्नो व्यक्तिगत काम हुँदा-हुँदै यस्तो कामको लागि समय छुट्याउनु पर्ने हुँदा यो काम हामी सबैलाई गार्हो अवश्य भएको छ  तर पाठकको रुची, लेख तल आउने प्रतिक्रया, प्रश्न, फरक विचार, वादविवाद, र विभिन्न क्षेत्रमा काम गर्ने मित्रहरुको लेखले यो प्रयास दिगो र सम्भव हुनेछ  त्यसैले कृषि विज्ञान सम्बन्धित तपाईंको अनुसन्धान, काम, दक्षयता आदिको आधारमा लेखिएको लेख  कुनै जर्नलमा तपाईको लेख प्रकाशित भएमा वा कुनै अरु सामान्य छापामा तपाईंको लेख प्रकाशित भएमा त्यसको लिंक हामीलाई पठाउनु होला हामी आभारी हुने छौ 

मित्रहरुको लेख:

Job vacancyhttp://goo.gl/f37AE

अन्य कृषि सम्बन्धित महत्व पूर्ण लेखहरु:

5    Failure to yield, New! (Lack of fertiliser and delayed monsoon are depriving poor farmers of their only source of income and stunting the country's economy )

ब्लग संचालक समुहको तर्फबाट
गुन्जन खनाल

No comments:

Post a Comment