Social Icons

Jun 15, 2012

कृषि क्षेत्रमा जलबायु परिवर्तनको असर


जलबायु परिवर्तन आजको एक प्रमुख जल्दोबल्दो वातावरणीय समस्या हो। आज विश्वमा धेरै बैज्ञानीक एबम् अनुसन्धानकर्ताहरु जलबायु परिवर्तन र यसले बिभिन्न क्षेत्रमा पार्ने असरहरुको बारेमा अनुसन्धान गर्न कृयाशिल छन् । विश्वका विकसित देशहरु यसको प्रमुख कारक रहेपनी यस्को प्रभाब नेपालजस्तो विकासोउन्मुख देशहरुमा पनि उत्तिकै पर्ने हुँदा विश्वका धेरै अल्पबिकशित देशहरुमा पनि स्वाभाविकरुपमा जलबायु परिवर्तन र यसले पार्ने नकारात्मक प्रभाबहरुको बारेमा गहिरो चिन्ता एबम् चासो बढ्दै गएको छ। जलबायु परिवर्तनले प्रभाब पार्ने बिभिन्न क्षेत्रहरु मध्य कृषि एक प्रमुख क्षेत्र हो, जुन मानिसको प्रतक्ष जीवन निर्वाहसंग जोडीएको हुन्छ। प्रस्तुत लेखमा जलबायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाबहरुको बारेमा चर्चा गर्दै भविस्यमा अपनाउनुपर्ने रणनितीहरुको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ।

पृथिवीमा प्राकृतिक रुपमा पनि हरित गृह ग्यास निस्कने भए पनि मानबिय क्रियाकलापले गर्दा बढेको हरित गृह ग्यासले बातावरणमा नकारात्मक प्रभाव परेको छ विभिन्न गतिबिधीहरु जस्तै अनबिकरणिय उर्जाको प्रयोग, औधोगिक प्रकियाहरु, यतायात इन्धन तथा बढ्दो वनजंगल फडानी आदिले बिभिन्न हरितग्रिह ग्यासहरुको (कार्बनडाईअक्साइड, नाईट्रसअक्साइड, मिथेन आदि) अत्याधिक उत्पादन भै जलबायुमा प्रतिकुल प्रभाब पार्दछ। जिवासेश-उर्जा (Fossil Fuel) को प्रयोगले गर्दा करिब २१.३ बिलिअन (१०) टन कार्बनडाइअक्साइड प्रति वर्ष उत्पादन हुन्छ जुन प्राकृतिक प्रकियाहरुले सोस्न सक्ने भन्दा झन्डै दोब्बर बढी हो। त्यसैले १०.६५ बिलिअन टन वातावरणीय कार्बनडाइअक्साइड (१ टन बातावरनिय कार्बन = ४४/१२ = ३.७ टन कार्बनडाइअक्साइड) प्रतेक बर्ष बढीरहेको छ, जुन पृथ्बी सतहको तापक्रम बढाउने सबै भन्दा महत्वपूर्ण हरितग्रिह ग्यास हो।

मानब सिर्जित कार्बोन   हिसाब गर्दा सबै हरित गृह ग्यासहरुलाई कार्बनमा रुपरान्तरण गरेर प्रस्तुत गरिन्छ (१ GT गिगा टन अर्थात्  १०९  टन) स्रोत http://goo.gl/MxRdZ

जलबायु परिवर्तनका विभिन्न असरहरु, जस्तै तापक्रम तथा कार्बनडाइअक्साइडमा बृदि (पर्यावरणमा पर्ने असर), बर्षा पानीको मात्रमा परिवर्तन, हिउँ पग्लनु आदीले एकल, समुहगत तथा तिनिहरुको अन्तर्सम्बन्धित प्रभाबले कृषि क्षेत्रलाई सिधा प्रभाब पार्छ। राम्रो कृषि उत्पादनको लागि मौसम तथा वातावरनिय तत्वहरुले त प्रभाव पार्छ नै उन्नत बिउ-बिजनको प्रयोग, सिन्चाइ तथा मलखादको उचित ब्यबस्थापन, रोग तथा किरा नियन्त्रन, उच्छ कृषि प्रबिधीको प्रयोगलाई समेत वातावरणले सिधा असर गर्छ त्यसैले वातावरणमा पर्ने प्रतिकुल असरले स्वतह रुपमा त्यस क्षेत्रको कृषि उत्पादकत्वमा नकारात्मक असर पर्छ

केही बर्ष अगाडि प्रकाशित साइन्स पत्रीकामा जनाएअनुसार सन २०३० सम्ममा जलबायु परिवर्तनको कारणले गर्दा दक्षिण अफ्रिकामा त्यहाँको मुख्य बाली मकैको उत्पादनमा ३० प्रतिशतले ह्रास आउनेछ भने दक्षिण एसियामा धान, मकै र कोदोको उत्पादनमा १० % ले कमी आउनेछ भन्ने बताएको छ वाताबरणमा पर्ने कुनै पनि नकारात्मक प्रभावले कृषि र उत्पादन क्षमतामा प्रतिकुल परिणाम निम्त्याउँछ। जलबायु परिबर्तनले बायुमन्डलीय तापक्रम बढीरहेको छ जसको सिधा असर पृथ्वीको सतिय तापक्रम पनि पर्छ। विश्वको तापक्रम वृद्धिसंगै त्यस्ले वालीनालीको आबस्यक पर्ने पानीको मात्र बडाउंछ, त्यसैगरी बर्षाको अबधी र तिब्रतामा हुने परिवर्तनले पनि उपलब्ध पानीको मात्रामा परिवर्तन ल्याउँछ जसले गर्दा कृषि उत्पादनमा ह्रास आउँछ

जलबायु परिवर्तन महत्वपूर्ण सुचकहरु मध्य कार्बनडाईअक्साइड मात्रामा बृदि एक हो। कार्बनडाईअक्साइड बिरुवाले प्रकाश सस्लेसन प्रकियाको लागि प्रयोग गर्छ। बिरुवाले सौर्य उर्जा, पानी र कार्बनडाईअक्साइडको प्रयोगद्वारा कार्बोहाईड्रेट तयार गर्छ। कार्बनडाईअक्साइड पातमा हुने मसिना छिद्रहरु मार्फत बिरुवा भित्र प्रबेश गर्छ। जलबायु परिवर्तनसँगै कार्बनडाईअक्साइडको मात्रा पनि बढ्ने भकोले गर्दा बायुमन्डल र पातको बिचको कार्बनडाईअक्साइडको पार्सिअल चापको फरक बढाउछ। त्यसकारण धेरै कार्बनडाईअक्साइड बिरुवाद्वारा सोसिन्छ र कार्बोहाईड्रेटमा परिणत हुन्छ। तर बढेको कार्बनडाईअक्साइडको मात्राप्रती बालिनालीहरुले दिने परिमाण बालीनाली अनुसार फरक-फरक हुन्छ। उदाहरणको लागि गहु, धान, भट्टमास आदी C३ बिरुवाहरु हुन जस्ले बढेको बायुमन्डलीय मात्राप्रती छिटो प्रतिकृया दिन्छन। अर्कोथरी बालिनालीहरु जस्तै मकै, जुनेलो, उखु, कोदो आदी C४ बिरुवाहरु हुन, यिनीहरु प्रकाश सस्लेशन प्रकृयामा अघिल्लो समुहको भन्दा बढी सक्षम भयपनी बढेको कार्बनडाईअक्साइडको मात्रा प्रती ढिलो वा कम प्रतिकृया जनाउछन। तथापी यसले गर्दा बालि नाली र उत्पादनमा राम्रो प्रभाव भने पर्ने देखिन्न किन कि कार्बनडाईअक्साइडको धेरै उपयोगले बिरुवामा कार्बन र नाईट्रोजन बिचमा असन्तुलन पैदा हुन्छ र खाद्यान्नको गुणस्तर खस्किन्छ अझ अत्यधिक तापक्रमको कारण बिरुवाको प्रोटिन संसोधन गर्ने प्रक्रियालाई नै खलल पुर्याउने विज्ञहरु जनाउंछन् । (बिरुवाको पातमा हुने स्वास प्रस्वासको पद्दति तल विडियोमा हेर्नुस।)


अर्कोतर्फ वायुमन्डलीय कार्बनडाईअक्साइडको मात्रा बढेपछी पातको मसिना छिद्रहरु बन्द हुन खोज्छन जसले गर्दा बिरुवाले कम पानी प्रयोग गरी कार्बोहाइड्रेट तयार गर्छ किनकी पातको त्यही छिद्रहरुबाट बिरुवाले बढी भएको पानी बाफको माध्यमबाट बाहिर फ्याक्छ, यसले बिरुवाको पानी प्रयोग गर्ने क्षमता बडाउंछ। कार्बनडाइअक्साइड बृदिको बिरुवामा केही सकारात्मक प्रभाब भएपनी यो एउटा हरितग्रिह ग्यास हो। यसले पानीको बाफ, मिथेन आदी सँग मिलेर पृथ्वीमा "हरितग्रिह प्रभाब" ल्याउन सहयोग गर्छ जसले गर्दा बायुमन्डलिय तथा माटोको तापक्रम बढाउन सहयोग गर्छ। त्यसैले कार्बनडाइअक्साइडमा हुने बृदिले दिर्घकालिन रुपमा बाताबरण र अन्तत कृषि क्षेत्रमा पनि प्रतीकुल असर पुर्याउछ। (वातावरण परिवर्तनबाट उत्तरी भूभागका केहि देसमा भने हिउँ पग्ली कृषि योग्य जमिन देखा पर्ने वा तात्क्रम बडी बालि रोप्न अनुकुल हुने सम्भावना छ तथापी समग्र वातावरणमा देखा पर्ने अनिश्चितताले त्यसको उपलब्धि खास रोचक छैन)
उच्च तात्क्रममा पानीको चक्रको नमुना ( स्रोत : http://goo.gl/4PNIi)


कार्बनडाईअक्साइडको मात्राले बाली नालीको उत्पादनमा कसरी प्रभाब पार्छ भन्ने कुरा अन्य अजैबिक वातावरनिय तत्वहरु जस्तै बर्षामा हुने परिवर्तन, तापक्रममा हुने बृदि, माटोको चिसोपना तथा पानीको मात्रमा परिवर्तन तथा अन्य जलबायुयिय तत्वहरुमा निर्भर गर्छ। त्यसैले जलबायुले कृषिको पार्ने प्रभावको अध्ययन गर्दा कुनै एउटा तत्वलाई मात्र नलिई कृषि परिस्थितीक प्रनालीमा असर पुर्याउने सबै तत्वहरुको समुहगत तथा तिनिहरुको अन्तर्सम्भन्धित प्रभाबलाई ध्यान दिनुपर्ने हुन्छ।

माथिभनियजस्तै, जलबायु परिवर्तनको एक महत्वपूर्ण प्रभाव भनेको तापक्रममा बृदि हो। केही रिपोर्टहरुको अनुमानलाई माने हो भने हरितग्रिह ग्यासको कारण आगामी २०५० सम्ममा बायुमन्डलिय तापक्रममा १.५ देखी ४.७ सम्म बृदि हुनेछ। तापक्रम बृदिको कारणले गर्दा बिरुवाले श्वासप्रश्वास प्रकृया मार्फत कार्बनडाईअक्साइडको निस्कासन गर्ने दरमा बृदि गर्छ, जसले गर्दा प्रकाश सस्लेशन प्रकृयाको लागि कम कार्बनडाईअक्साइड उपलब्ध हुन्छ। तापक्रम बृदिको कारणले बिरुवाको नियमित जैबिक प्रकृयालाई नकारात्मक असर पुर्याई बिरुवाको बृदि तथा बिकास र उत्पादनमा ह्रास ल्याउछ।

उच्छ तापक्रम बृदिले गर्दा माटोको तापक्रममा पनि बृदि हुन्छ जसले गर्दा माटोको जैबिक पदार्थको प्राकृतिक कुहावटको दरलाई बढाईदिन्छ र माटोको उर्बरशक्तीलाई असर गर्ने अन्य प्रकृयालाई तिब्र बनाउछ। त्यसैले यो प्रकृयासँग जुद्द्न र जलबायु परिवर्तनले बढेको कार्बनडाईअक्साइडको मात्राको साकारात्मक प्रयोगको लागि माटोमा थप मलखादको आबस्यक पर्छ। यसरी थप मलखादको प्रयोगले कृषिको लागत खर्चलाई बढाइदिन्छ जसले गर्दा साथै हावा तथा पानीको गुणमा पनि ह्रास ल्याउछ। त्यसैगरी यसले बिरुवाको बिभिन्न पोसणहरु जस्तै, कार्बन, नाइट्रोजन, फोश्फोरस, पोटासियम, सल्फर आदिको नियमित चक्रलाई बढाउछ जसले गर्दा कार्बनडाईअक्साइड, नाईट्रसअक्साइड जस्ता हरितग्रिह ग्यासको उत्छेदनमा (emission) बृदि हुन्छ।

तापक्रम बृदिले बालीनालीमा लाग्ने रोग किराहरुको प्रकोपलाई पनि बढाउछ। जब पृथ्वीमा तातोपना बढ्छ अनी न्यानो वाताबरणले प्रजनन तथा प्रकोपमा बृदि हुन्छ जसको रोकथामको लागि प्रयोग गरिने अनियन्त्रित रासायनिक बिसादीहरुले एकातिर वाताबरणमा हानी पुर्याउछ भने अर्कोतर्फ कृषि क्षेत्रको लागत खर्छ बढाउछ। तापक्रम बृदिको कारण हाजारौ/लाखौ बर्षौ सम्म हिउँ बनेर हिमाल, ग्रीनल्याण्ड, आर्टिक, अन्नटाटिक आदिमा थुप्रेर बसेको हिउँ पग्लेर समुद्र पुगेपछि समुद्री सतह बढ्ने खतरा हुन्छ जसले हिमालय क्षेत्रको कृषि पारिस्थिक प्रणालीमा नकारात्मक असर पुर्याइरहेको छ भने समुहसतह बृदिको कारण समुहको टतिय क्षेत्रको तथा कृषि प्रभावित भैरहेको छ। उदाहरणको लागि इजिप्ट, बाङ्लादेश, इन्डोनेशिया, चाइना आदी देशहरुको समुन्द्र टतिय क्षेत्रहरुमा पानीको उचित निकासको अभाव देखिएको छ। 

कुनै पनि प्रकारको कृषि खेतीको लागि त्यहाँको सिन्चाइको उपलब्धताले ठुलो प्रभाब पार्छ। जलबायु परिवर्तनले, बर्षाको मात्रा, बास्पिकरन तथा माटोको चिसोपनाको मात्रामा परिवर्तन लयाउछ। उचित सिन्चाइको अभाबमा बिरुवाको फुल फुल्ने, परागसेचन तथा दाना लाग्ने प्रकृयामा सबभन्दा बढी हानी पुग्छ। जलबायु परिवर्तनको असरले गर्दा कृषि क्षेत्रमा पानीको माग दिनहुँ बढीरहेकोछ तर मानिसको तिब्र गतीको जनसन्ख्या वृद्धि संगसंगै कृषि क्षेत्रले पनि पानीको लागि अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्न परिरहेको छ। जमिनमा पानीको सतह घट्दै जानु र जमिनभित्रको पानी निकाल्नको लागि बढ्दो उर्जाको मागले सिन्चाइ प्रनाली महँगो बन्न गएकोछ। जसले गर्दा नेपाल जस्तै बिकासन्मुख देशका गरीब किसानहरुलाई जलबायु परिवर्तनको असरसँग जुध्दै कृषि उत्पादन वृद्धि गर्नु ठुलो चुनौती बन्न पुगेको छ।

हरितग्रिह ग्यास उत्पादनको लागि बिभिन्न क्षेत्रहरु जिम्मेवार हुन्छन त्यसैले जलबायुल परिवर्तनले कृषि क्षेत्रमा पार्ने असरहरु संगसंगै  कृषि क्षेत्र आँफै पनि जलबायु परिवर्तनको लागि कती जिम्मेवार छ भन्नेकुरा बिश्लेसण गर्नु आबस्यक हुन्छ। बिभिन्न कृषि कृयाकलापहरुले हरितग्रिह ग्यासहरु जस्तै कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड आदी उत्पादन गर्न सहयोग गर्छ साथै पृथ्वी सतहमा हुने परिवर्तन (जस्ले ताप र प्रकाश सोस्ने र फर्काउने क्षमतामा परिवर्तन ल्याउछ), अनियन्त्रित बनजङल बिनास एबम मरुभुमिकरणले पनि जलबायुमा परिवर्तनमा भूमिका खेल्छ। अर्कोतर्फ पशुपालन ब्यवसायमा गर्दा पशुहरुले आमाशयमा हुने रुमेन फर्मेनटेशन प्रकृया मार्फत मिथेन ग्यास उत्पादन गर्छन् जुन एक हरीतग्रिह ग्यास हो। हरितग्रिह ग्यास उत्पादनको लागि बिभिन्न क्षेत्रहरु जिम्मेवार हुन्छन। IPCC (Intergovernmental panel on climate change) को तथ्यांक (२००४) अनुसार हरितग्रिह ग्यास उपदान सबै भन्दा बडी जिम्मेवार जिवाशेस उर्जा जलन नै हो भन्ने ठहर गर्द छ 
जानकारीको लागि येहाँ क्लिक गर्नुस 
अन्त्यमा, यसरी जलबायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै भबिस्यमा कृषि क्षेत्रको दिगो बृदि तथा बिकासको लागि तथा उच्च उत्पादन बृदिको लागि बेलैमा उचित रणनितीहरु अपनाउनु आबश्यक हुन्छ। सर्बप्रथम हामीले हाम्रो पुरानो खेती प्रणालीमा परिवर्तन लयाउनुपर्छ साथै बालीनालीको उचित ब्यबस्थापन, माटोको चिस्यान अधिक मात्रामा जोगाउनको लागि उचित उपायहरु अबलम्बन गर्न जरुरी छ। त्यसैगरी ताप र खडेरी सहन सक्ने जातहरुको बिकास गर्न आबस्यक छ जस्ले गर्दा प्रतिकुल मौसममा पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ। त्यसैगरी बाली प्रजननको प्रयोग गरी बढ्दै गएको बायुमन्डलीय कार्बनडाइअक्साइडको समेत सकारात्मक उपभोग गर्न सक्ने छमता भयका बालीनाली तथा तिनका जातहरुको बिकास गर्न आबस्यक छ। यसैगरी जलबायु परिवर्तनलाई एउटा बिशुद्द बाताबरणिय समस्याको रुपमा मात्रा नलिएर कृषि क्षेत्रको एउटा ठुलो समस्याको रुपमा हेर्न जरुरी छ। अबको अनुसन्धान पनि खाली बातावरण वा कृषि क्षेत्रसँग मात्रै केन्द्रित नभई कृषिबिग्य तथा बातावरणबिदबिच उचित समन्बय कायम गरी अघी बढाउनु आबश्यक हुन्छ। कृषिबिग्यहरुले पनि खाली परम्परागत अनुसन्धानलाई मात्रै निरन्तरता नदिई जलबायु परिवर्तनले कृषि क्षेत्रलाई पारीरहेको वा पार्न सक्ने असरहरुलाई आत्मसाथै कृषि क्षेत्र आँफै पनि जलबायु परिवर्तनको निम्ती कती जिम्मेवार छ सो को जानकारी हासिल गर्नु आबस्यक छ। जसको फलस्वरुप भबिस्यमा यस्तो कृषि रणनिती तथा कार्यनितीको कार्यबयन गर्न सकियोस जसले बाताबरणलाई जोगाउदै बढ्दो खाध्यानन मागलाई पुरा गर्न कृषि उत्पादनमा दिगो तथा उच्छ बृदि गर्न सक्छ।

कोपन्हेगेन युनिभर्सिटी, 
कोपन्हेगेन

सन्दर्भ सामाग्रीहरु:


(1) Lobell DB, Burke MB, Tebaldi C, Mastrandrea MD, Falcon WP, Naylor RL (2008). "Prioritizing climate change adaptation needs for food security in 2030". Science 319 (5863): 607–10.doi:10.1126/science.1152339. PMID 18239122.


(3)  Arthur B. Robinson, Noah E. Robinso, and Willie Soon. Environmental effects of increased atmospheric carbon dioxide. Oregon Institute of Science and Medicine, 2251 Dick George Road, Cave Junction, Oregon 97523 

(4) The effects of climate change on agriculture, land resources, water resources, and biodiversity. Synthesis and Assessment Product. 4.3. October, 2008. US climate chante Science Program. www.climatescience.gov Retrieved 2010-06-06.

(5) Climate change- Health and Environment Effects. Agriculture and Food Supply. US Environmental Protection Agency. http://www.epa.gov/climatechange/effects/agriculture.html. Retrieved 2010-06-05.

No comments:

Post a Comment